Wednesday, 9 May 2012

नव राजदुत लामा कोरियामा


 वैशाख २३- दक्षिण कोरियाका लागि नवनियुक्त राजदुत कमानसिंह लामा
कार्यभार सम्हाल्न शुक्रबार कोरिया आइपुगेका छन्। विमानस्थलमा नेपाली दुतावासका उपनियोग प्रमुख राजाराम बतौंला लगायत स्थानीय संघ संस्थाका प्रतिनिधि विमानस्थल पुगेर लामालाई स्वागत गरे।

लामाको स्वागतको लागि नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका प्रमुख सल्लाहकार रघु त्रिपाठी, व्यापार संघ कोरियका अध्यक्ष मदन केसी, जनअधिकार मञ्चका सल्लाहकार विनोद कुँवर, एनआरएन कोरियाका अध्यक्ष मणिक लामा ,
काभ्रे सम्पर्क समितिका अध्यक्ष यम श्रेष्ठ, जनजाति महासंघ कोरियाका सचिव विरध्वज तामाङ लगायत नेपालीहरु विमानस्थल पुगेका थिए।
पूर्व राजदुत कमल कोइराला आफ्नो कार्यकाल पूरा गरी डिसेम्बरमा नेपाल फर्किएको ४ महिनापछि नवनियुक्त राजदुत लामा कोरिया आपुगेका हुन्। उपनियोग प्रमुख राजाराम बर्तौंलाले कार्यवाहक राजदुतको जिम्मेवारी सम्हाल्दै आएका थिए। मन्त्रीपरिषदले राजदुतका लागि सिफारिस गरेको कमानसिंग लामाको एग्रिमो अप्रिलको पहिलो साता मात्र गएको हो।
कोरिया आउनु अघि विहिबार एक कार्यक्रममा कोरिया परीक्षाको आधारमा नभई अब कामको आधारमा पठाउने व्यवस्था मिलाउनु आवश्यकता रहेको बताएका थिए। लामा माओवादीको कोटामा परी कोरिया को लागि राजदुत भएका हुन्। राजदुत लामाले कोरिया आउनुअघि कोरियाको ईपिएस प्रणाली गलत भएको धारणा राखेका थिए।


No comments: