Wednesday, 9 May 2012

नयाँ स्मार्टफोन ग्यालेक्सी एस थ्रि बजारमा

बैशाख २२,दक्षिण कोरिया  – सामसुङले आफ्नो नयाँ स्मार्टफोन ग्यालेक्सी एस थ्रि बजारमा ल्याएको छ । यो फोनमा ४.८ इन्चको स्क्रिन छ जुन ४.३ इन्चको स्क्रिन भएको पछिल्लो मोडल ग्यालेक्सी एस टु भन्दा अझ उत्कृष्ट छ।
यो फोनमा गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टमको प्रयोग गरिएको छ जसबाट १ जिबी सम्मको फाइल ट्रान्सफर गर्न सकिन्छ । १० एमबी सम्मको फाइल दुई फोन सँगै भएको अवस्थामा दुई सेकेण्ड भित्र ट्रान्सफर गर्न सकिने सामसुङले दावी गरेको छ ।
मोबाइल विश्लेषकहरुका अनुसार यस अघि सामसुङले ल्याएको ग्यालेक्सी टुले नोकियालाई पछाडी पारेको छ र सबैभन्दा बढी मोबाइल बिक्री गर्ने कम्पनी बनेको छ । एप्पलको ३.५ इन्च स्क्रिन भएको आइफोन फोर एस तथा ४.३ इन्च स्क्रिन भएको नोकिया ल्युमिया ९०० भन्दा यो फोनको स्क्रिन ठुलो भएकोले पनि यो लोकप्रिय हुने अनुमान गरिएको छ ।
  दक्षिण कोरियाली कम्पनी सामसुङले भनेको छ, उसको नयाँ स्मार्ट फोनमा ‘इन्टेलिजेन्ट क्यामेरा फिचर’ तथा ‘फेस डिटेक्सन फिचर’ पनि समावेश छ ।
यो फोनको पछाडीपट्टी ८ मेगापिक्सेलको क्यामेरा छ भने अगाडी पट्टी भिडियो कलका लागि १.९ मेगापिक्सेलको क्यामेरा छ । यो १५ जिबी तथा ३२ जिबी भर्सनमा उपलब्ध छ । 

No comments: