काठमाडौं
देशको राजनीति असहमतितर्फ अघि बढिरहेको सर्वत्र आशंका बढिरहेको बेलामा बुधबार राति प्रमुख तीन दल र मधेसी मोर्चासहितको बैठक सकारात्मक सहमतिमा पुगेको छ।
संविधानसभा भवन नया“ बानेश्वरमा दिउ“सो ४ देखि राति ८ बजेसम्म माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका नेताहरूबीच भएको सो बैठकमा राष्ट्रिय सहमतिको सरकार गठनका लागि आज बिहीबार प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान मन्त्रीमण्डल विघटन गर्ने सहमति भएको छ।
सो मन्त्रिपरिषद् विघटन भएपछि डा. बाबुराम भट्टराईकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुने भएको छ। अब बन्ने सरकारमा कांग्रेस, एमाले तथा मधेसी मोर्चासहितका दलसमेतको सहभागिता हुने जनाइएको छ। आज मन्त्रिपरिषद् विघटनपछि आजैदेखि नया“ सरकारको आधार बनाउनका लागि दलहरूबीच बैठक हुने भएको छ। बैठकका लागि आज दिउ“सो १ बजेको समय तय गरिएको छ। सोही बैठकमा बुधबार भएका सहमतिलाई लिखितरुपमा लिपिबद्धसमेत गरिने जनाइएको छ।
बैठकपछि दलका नेताहरूले जनाएअनुसार अब शासकीय स्वरुप र संघीयताका विवादास्पद बु“दामा पनि भरिसक्य सहमति नै खोजिनेछ र मतदानको प्रक्रियामा नजानलाई प्रयास गरिनेछ।
बैठकपछि सञ्चारकर्मीस“ग कुरा गर्दै एमालेका अध्यक्ष झलनाथ खनालले फेरि पनि दलहरूले अन्तिम समयमा चमात्कार गर्छन् भन्ने कुराको पुष्टि भएको जनाउनुभयो। ‘हामी अब बा“की विवादका विषयलाई पनि २÷३ दिनभित्रैमा टुंगोमा पु¥याउ“छौं’ –खनालले भन्नुभयो।
त्यस्तै नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले अहिले माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार बन्ने र चुनावी सरकार कांग्रेसको नेतृत्वमा बन्ने बताउनुभयो।
कांग्रेसकै नेता कृष्ण सिटौलाले गएको कात्तिक १५ गते दलहरूबीच भएको सहमतिपछि अहिले सबैभन्दा सकारात्मक सहमति भएको उल्लेख गर्दै अन्य विवादास्पद विषयमा पनि मतदानमा नजान हरसम्भव प्रयास गरिने जनाउनुभयो।
यस्तै एमाओवादीका सभासद् खिमलाल देवकोटाले पनि दलहरूबीचमा रहेका विवादका विषय पनि अब क्रमशः मिल्दै जाने उल्लेख गर्नुभयो। दलहरूबीच बुधबार
विभिन्न चरणमा सामूहिक र छुट्टाछुट्टै बैठक भएको थियो। दिउ“सो सभामुख सुवास नेम्वाङको कार्यकक्षमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रम बाबुराम भट्टराई र एमाले नेता माधवकुमार
नेपालबीच भएको बैठकमा नै राति बैठक बसेर निर्णय गर्ने सहमति भएको थियो। त्यहींबाट एमाले नेता नेपालले कांग्रेस नेता रामचन्द्र पौडेललाई फोन गरेर माओवादी सहमतिमा आउन चाहेकाले भरे बैठक बसौं भन्नुभएको थियो। कांग्रेस संसदीय दलको बैठक चलिरहेका बेलामा नेता नेपालको फोन गएपछि अविश्वासको प्रस्तावको तयारीमा लागेको कांग्रेस पछि हटेको थियो। यद्यपि बुधबार नै भएको कांग्रेस संसदीय दलको बैठक र एमालेको स्थायी कमिटी बैठकले प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने माग गरेका थिए। त्यसपछि विभिन्न चरणमा भएका बैठकपछि अन्तिममा राति भएको बैठकमा सहमतिको वातावरण बनेको हो।

No comments:
Post a Comment