अल्बर्ट आइन्स्टाइन विश्वकै महान् वैज्ञानिक मानिन्छन् । व्यावसायिक जीवनमा यत्रो सफलता हासिल गर्न सफल भए तापनि आइन्स्टाइन निजी जीवन सफल बनाउन भने असक्षम ठहरिएका छन् । 'आइन्स्टाइन : हिज लाइफ एन्ड युनिभर्स' पुस्तकमा लेखक वाल्टर आइस्याकसनले प्रेम जीवनलाई सफल बनाउन सधैँ संघर्ष गरे पनि हार खानुपरेको लेखेका छन् । आइन्स्टाइन प्रेमको मामला अत्यन्त
व्यवहारिक भएको पनि आइस्याकसनले लेखेका छन् ।
व्यवहारिक भएको पनि आइस्याकसनले लेखेका छन् ।
पहिली श्रीमती मिलेभा मारिकसँगको ११ वर्षे वैवाहिक जीवन बिगि्रएपछि आइन्स्टाइनले दुई सन्तानको भविष्यलाई ध्यानमा राख्दै नयाँ परिस्थितिमा घरमा सँगै बस्न श्रीमतीलाई तानाशाहीको सूची थमाइदिएका थिए । सूचीमा दुवै छोराछोरीका लागि मात्र श्रीमान्श्रीमतीको रूपमा बस्ने उल्लेख गरिएको थियो । यसैगरी सूचीका अन्य बँुदामा श्रीमती मारिकले आइन्स्टाइनका लागि प्रेमिका वा श्रीमती नभएर घरेलु कामदारको जस्तै सेवा गर्नुपर्ने उल्लेख गरिएको थियो । तर, बदलामा कुनै प्रेम वा अन्य केहीको अपेक्षा नगर्न पनि भनिएको थियो । अल्बर्ट आइन्स्टाइनले श्रीमतीलाई दिएको सूचीमा आफ्नो कोठा सधँै सफा गरिदिनुपर्ने, दिनको तीन पटक खाना दिनुपर्ने , लुगाफाटो धोएर जतनका साथ राखिदिनुपर्ने उल्लेख गरेका छन् । यसैगरी उनको बेडरुम र स्टडी टेबल पनि सधैँँ सफासुग्घर हुनुपर्ने उनले माग गरेका थिए । श्रीमती मारिकले आफूबाट कुनै व्यक्तिगत सम्बन्ध वा प्रेमको अपेक्षा गर्न नहुने माग पनि आइन्स्टाइनले गरेका थिए । बाहिरी रूपमा श्रीमान्श्रीमती भएर बसे पनि कुनै सामाजिक कार्यक्रममा मारिकसँग आफू नजाने पनि आइन्स्टाइनको सूचीमा उल्लेख थियो । मुड नभएको वेला चुप लागभन्दा मारिकले चुप लाग्नुपर्ने सर्त पनि आइन्स्टाइनले अघि सारेका थिए । तत्कालीन युरोपमा भौतिकशास्त्र पढ्ने पहिलो महिला मिलेभा मारिकले सुरुमा त छोराछोरीका लागि श्रीमान्का क्रुर सर्त मान्न तयार भएकी थिइन् । तर, अन्ततः उनले पनि हार मानिन् । दुई छोरालाई लिएर उनी जुरिकमा बस्न थालिन् । पाँच वर्ष छुट्टै बसेपछि उनले सम्बन्धविच्छेदका लागि निवेदन दिइन् ।
१९१९ मा अल्बर्ट आइन्स्टाइन र मारिकबीच सम्बन्धविच्छेद भयो । मारिकसँग विवाहित रहेकै अवस्थामा आइन्स्टाइनको थुप्रै महिलासँग प्रेमसम्बन्ध रहेको बताइएको छ । १९१२ मा आइन्स्टाइनको आफन्त पर्ने युवती इल्सासँग प्रेमसम्बन्ध थियो । श्रीमतीसँग सम्बन्धविच्छेद गरेकै वर्ष उनले इल्सासँग बिहे गरे । तर, इल्सासँग बिहे गरेको चार वर्ष नबित्दै उनको बेट्टी न्युम्यान नामकी महिलासँग प्रेमसम्बन्ध भएको बताइएको छ । दोस्री श्रीमती इल्सासँग पनि आइन्स्टाइनले परस्त्रीगमन गर्न छुटको माग गरेको बताइएको छ ।
No comments:
Post a Comment