Sunday, 20 May 2012

साउदीकी राजकुमारी र ७३ बर्षे हजुरआमा सगरमाथामा

७ जेठ, काठमाण्डौं ।१२ इस्लामिक महिलाको नेतृत्व गर्दै सगरमाथाको आधार शिविरसम्मको पदयात्रा सकेपछि साउदी अरेवियाकी राजकुमारी रिमा बन्दर अल सउद खुसीले गद्गद् छिन् ।
बिहीबारमात्रै १० दिनको पैदलयात्रा सकेर लुक्लाबाट काठमाण्डौं ओर्लेकी यी राजकुमारी खुसी हुनुका दुई कारण छन् । पहिलो ः आधार शिविरसम्मको पैदल यात्रा सफल हुनु, दोस्रोः समून्द्र सतहदेखि ६ सय मिटरको हाराहारीमा हुर्किएका सवै यात्रु सकुशल काठमाण्डौं आईपुग्नु रहेको छ ।
‘यसरी कहिलेपनि हिडेको थिएनौ, अव पनि सायद हिनिदैन होला, साउदीबाट सगरमाथासम्मको पैदल पदयात्रा गर्ने पहिलो
महिला म नै हुँ’ खुसीहुँदै राजकुमारीले भनिन् -यो कामले साउदीमा महिलालाई हेर्ने विश्वको धारणा बदलिने छ ।
राजकुमारीले यात्राका क्रममा भेटिएका नेपाली केटाकटीको हँसिलो अनुहार, बाटोमा हिड्दा भरियाले गरेको सहयोगको वर्णन गरेर कहिल्यै नसकीने छ भनेको खबर आजको कान्तिपुर दैनिकले छापेको छ । त्यस्ता व्यवहारले गर्दा आफू सँधै नेपाल र नेपालीप्रति प्रभावित रहेको राजकुमारीले बताएकी छन् । 
       यसैगरी ७३ वषिर्या जापानी महिला तामाए वातानाबेले सगरमाथाको आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेकी छन् । उनले बढी उमेरमा सगरमाथाको आरोहण गर्ने महिलाको कीर्तिमान राखेकी छन् ।
यस अघि पनि उनैले वि.सं. २०५९ सालमा ६३ बर्षका उमेरमा सगरमाथाको आरोहण गरी बढी उमेरमा आरोहण गर्ने महिलाको कीर्तिमान राखेकी थिईन् । उक्त कीर्तिमानलाई उनैले शनिबार तोडेकी छन् ।
यसपटक भने वातानाबेले चिनीयाँ मोहडाबाट सगरमाथाको आरोहण गरेको पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले जानकारी दिएको खबर आजको अन्नपूर्ण पोष्टलगायतका दैनिक पत्रिकाले छापेका छन् ।
चार सदस्यीय वातानाबेको टोलीले सफल आरोहण गरी शनिबार विहान आधार शिविर फर्केको थियो । वातानाबे एसियन ट्रेकिङ प्रालिका सदस्य पनि रहेकी छन् ।
पाको उमेरमा सगरमाथाको सफल आरोहण गर्ने पुरुषको कीर्तिमान भने नेपालका मीनबहादूर शेरचनले सन् २००८ मा कायम गरेका छन् ।

No comments: