सोल । पछिल्लो समय धेरै नेपाली कामदारहरुको आकर्षक गन्तव्य हो दक्षिण कोरिया । कामकै शिलशिलमा दक्षिण कोरियामा धेरै नेपाली कामदार कोरियाका विभिन्न कुना कन्धरामा पुगेका छन् । यस्तै दक्षिण कोरियाको इन्छन सहर नेपालीहरुले भरिभराउ छ । सगरमाथा, बुद्ध र नेपाल झल्काउने तस्वीर र लेखनहरु जताततै देख्न पाइन्छ ।नेपाली गीत र नृत्यले उत्तर क्षेत्र गुन्जमान छ । त्यहाँ प्रवेश गर्ने जो कोहीलाई पनि नेपालीपनले छोएको परैबाट देख्न पाइन्थ्ययो ।दक्षिण कोरियामा गत आइतबार भएको ‘ईन्छन महोत्सव २०१२’ को दृश्य हो यो । ईन्छन माहानगरपालिकाले आयोजना गरेको
१५ राष्ट्र सम्मिलित अन्तराष्ट्रिय ईन्छन् महोत्सबमा नेपालीले जनस्थरबाटै सबै सामु नेपाललाई चिनाएको यो पहिलो पटक थियो ।विदेशीको बाक्लो उपस्थिति रहेको उक्त महोत्सवमा सगरमाथाको तस्बीर देखाउँदै एकजना इन्डोनेसियन उनका साथीलाई उनकै भाषामा सोध्दै थिए, ‘थाहा छ सगरमाथा हिमाल कति उचाइमा छ ? ‘ उता ‘बुद्धको जन्म स्थान नेपाल’ लेखिएको पोस्टर देखाउदै एक कोरियन प्रश्न गर्दै थिए बुद्ध नेपालमा जन्मिएका रहेछन् नि मानौ उनी दुबिधामा थिए ।जतिबेला राष्ट्रिय भेषभुषामा सजिएका नेपालीहरूले नेपाली कला संस्कृति झल्काउने मादल,खैजडी, बासुरि ,मुजुरा जस्ता बाद्यवादन बजाउदै सांस्कृतिक झाँकी सहित कला प्रर्दशन गरे त्यतिबेला जोकोहि विदेशी पनि नेपाल हेर्न लालहित देखिन्थे ।

सो महोत्सवमा नेपाल कोरिया सांस्कृतिक मन्चका अध्यक्ष रमेश श्रेष्ठको टोलीले नेपाली गित, संगित तथा उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा थप ऊर्जा यतिबेला आएको थियो जतिबेला एचआरडी कोरियामा कार्यरत राजु कार्कीको नेतृत्वमा नेपाली पहिरनमा सजिएर राष्ट्रिय झण्डा फहराउदै नेपाली सो क्षेत्रमा प्रवेश गरेका थिए ।सो कार्यक्रमलाई सफल पार्न नेपाल कोरिया सांस्कृतिक मञ्चले प्रमुख भूमिका निर्वाह गरेको थियो भने नेवाःपुचले प्रदर्शनी स्थल राखेर नेपाल पर्यटन प्रवर्धन तथा लुम्बिनी भ्रमण वर्ष प्रचार प्रसार गरेको थियो ।निर्धारित समय भन्दा ठिला कार्यक्रम स्थलमा पुगेका कोरियाका लागि नेपाली राजदूत कमान सिँह लामाले कार्यक्रममा नेपाललीले देखाएको नेपाली पनको खुलेर प्रशँसा गरेका थिए । उक्त कार्यक्रममा कोरियन मन्त्री लगायत उच्च अधिकारीहरुको उपस्थिति थियो ।
No comments:
Post a Comment