Monday, 28 May 2012

चामलको एक गेडाबाट चमत्कार

काठमाडौँ, जेठ 15 गते। यो देशमा केही छैन, विदेश नगई केही पनि हुँदैन भन्दै विदेशिने युवाको लर्कोलाई चुनौती दिएका छन् टीकापुर कैलालीका विजयराज शाही र उनका दुईजना भाइहरूले। विदेशिने नभई देशभित्र त्यो पनि आˆनै घरेलु सीपको भरपुर उपयोग गरी आˆनो दैनिक आवश्यकता पूरा गर्दै आएका छन्।
उनीहरू विज्ञान/प्रविधिका विद्यार्थी होइनन्। न त उनीहरूले यस विषयमा कुनै औपचारिक तालिम नै लिएका छन् तर उनीहरूले विज्ञान/प्रविधिका क्षेत्रमा गरेको काम हेर्दा लाग्छ उनीहरू यस क्षेत्रका विज्ञ नै हुन्। कैलालीबाट उच्चशिक्षा हासिल गरी ठूलो मान्छे बन्ने भनेर राजधानी आएका विजयलाई दैनिक गुजारा चलाउनकै लागि हम्मे-हम्मे पर्‍यो। समस्यासँगै समाधानको जुक्ति पनि फुरिहाल्यो। बाल्यकालमा फाटेका चप्पलका पाङ्ग्राबाट खेलौना गाडी बनाएर खेल्ने गरेका उनले त्यस्तै खालका घरेलु सामग्री बनाउँदै गर्दा विज्ञान/प्रविधिका सामग्री बनाउन थाले। अहिले उनले दुई दर्जनभन्दा धेरै प्रकारका यस्ता सामग्रीहरू तयार पारी तिनकै बिक्री-वितरणबाट दैनिक गुजारा मात्रै चलेको छैन तीन दाजुभाइको पढाइदेखि लिएर सम्पूर्ण परिवारको पनि गुजारा गर्ने मुख्य स्रोत
बनेको छ।
विद्यालयदेखि क्याम्पस तहसम्म विज्ञान सङ्कायअन्तर्गत प्रयोगशालामा काम चाहिने वस्तुदेखि अन्य
रचानात्मक सामग्री आविष्कार गरी चमत्कार देखाएका छन् तीन दाजुभाइले। विभिन्न खालका रोबर्ट, जलविद्युत् तथा हावाबाट विद्युत् निकाल्ने प्रविधिका नमुना, विज्ञानका प्रयोगशालाका सामग्रीहरू -सूर्यग्रहण, चन्द्रग्रहण, सौर्यमण्डल, यन्त्रमूलक प्रश्नउत्तर), क्यामराका नमुना, प्रोजेक्टर, न्युटनको गुरुत्वाकर्षणका नमुना, इन्द्रेणीका नमुनालगायतका सामानहरूको अर्डर र मागको आपूर्ति गर्दैमा भ्याइ-नभ्याइ हुन्छ अहिले।
उनीहरूले केबल कारको मोडेल, पर्दा तथा झ्याल/ढोका लगाउने र खोल्ने प्रविधि, रिमोटबाट चल्ने सानो क्रेन, हाइड्रोलिक क्रेन, विद्युतीय रेल, जलचक्रको नमुना, लिˆटका नमुना, मोबाइल तथा टेलिभिजनका प्रोजेक्टरका नमुनालगायतका सामान पनि उनीहरूले बनाएर विभिन्न मेला तथा प्रदर्शनीहरूमा प्रदर्शित गरिसकेका छन्। उनीहरूले बनाएका सामग्रीहरू चार सय रुपियाँदेखि दस हजार रुपियाँ मूल्य रहेको छ।
तेह्र वर्षअघि राजधानीको धापासीमा सञ्चालित उनीहरूको व्यवसायमार्फत राजधानीभित्रका दर्जनौं नाम चलेकादेखि सामान्य विद्यालय तथा क्याम्पसमा उनीहरूले बनाएका सामग्रीहरूकै खपत हुने गरेको छ। यहाँसम्मकी उनै दाजुभाइले बनाएका सामग्रीलाई मैले बनाएको हुँ भनेर प्रदर्शन गरी पुरस्कार जिज्नेहरू पनि राजधानीमा प्रशस्तै छन्। यस्तो किन गरेको भनेर जिज्ञासा राख्दा विजय भन्छन्- 'के गर्ने यहाँ प्रतिभाको कुनै कदर नहुने रहेछ हामी तीन दाजुभाइ तथा कैलालीमा हुने परिवारको गुजाराको लागि यसरी बिक्री गर्न पनि बाध्य भएँ।' प्रतिभाको कुरा गर्दा उनीहरूले चामलको गेडामा नेपालको नक्शा कोर्ने र नाम लेख्नेदेखि चकमा मूर्ति पनि बनाउनेलगायतका काम सजिलै गर्दछन्। कैलालीका २७ वषर्ीय विजयराज शाही, २५ वषर्ीय अर्जुनराज शाही र २३ वषर्ीय गणेशराज शाहीले विज्ञान तथा आविष्कारसम्बन्धी दर्जनौ सामग्री निर्माण गरिसकेका उनीहरूले आफूहरूलाई बीएजी ब्रदर्शका रूपमा चिनाउँछन्।
उनीहरूले छुट्टाछुट्टै तरिकाले तस्बिरहरू पनि बनाउने, माटोका मूर्ति, बाँसका छ्वालीबाट घडी/फोटोप|mेम/फोटो माउण्ट, सिसा प|mेमिङ, पेण्टिङ, गहुँका बालाबाट निर्मित सजावटका सामग्री तथा हस्तकलाका सामग्रीहरूमा पनि उत्तिकै निपूर्ण तीन दाजुभाइहरूले बिक्रीका साथै तालिम पनि दिने गर्दछन्।
उनीहरू काठमाडौँ तथा देशका विभिन्न स्थानमा आयोजना हुने औद्योगिक तथा विज्ञान/प्रविधि प्रदर्शनीहरूमा आफूहरूले बनाएका सामान प्रदर्शन र बिक्री गर्न व्यस्त देखिन्छन्। दुई वर्षअघिदेखि यस्ता प्रदर्शनीमा पहिलोपटक आफूले बनाएका सामान आम सर्वसाधारणलाई जानकारी दिएपछि कारोबार हृवात्तै बढेको अनुभव गरेका दाजुभाइहरू झनै हौसिएका छन्। यस्ता सामान बनाउनका लागि दुई दिनदेखि पाँच दिनसम्म लाग्ने उनीहरूलाई अर्डर पुर्‍याउन हम्मे-हम्मे पर्ने गर्छ। धापासीस्थित उनीहरूको बीएजी ब्रदर्श आर्ट ग्यालरी तथा हृयाण्डिक्राˆट सेन्टरमा तीन दाजुभाइहरू आफूले बनाएका सामग्रीका बारेमा अवलोकनकर्तालाई जानकारी दिन र आफूहरूले बनाएका सामान कहाँ पठाउनुपर्ने र अर्डर टिप्नेजस्ता कार्यमै व्यस्त छन्।
चामलको गेडामा नाम र नेपालको नक्सा लेखेर विजयराज शाहीले सबैलाई चकित बनाएका विजयको सो कला देख्नेहरूले गिनिज बुकमा नाम लेखाउने प्रक्रियामा लाग्न सुझाव दिन्छन्। 'चामलको गेडामा नाम र देख्दा सबैजना छक्क पर्छन्, यसअघि मैले टीकापुरमै बनाएर विद्यालयमा देखाएको थिएँ' विजयले दावी गरे।

No comments: