ओबामा लगायत विश्वका शक्तिशाली नेताहरु दक्षिण कोरियामा
चैत्र १२, दक्षिण कोरिया - मार्च २६ देखि २७ सम्म सउलमा हुन लागिरहेको न्युक्लिएर सेक्युरिटी समिटका लागि ५३ देशका शक्तिशाली नेताहरु कोरिया आगमन भएको छ । उक्त सम्मेलनका लागि अमेरिकी राष्ट्रपति बाराक ओबामा, चिनीयाँ राष्ट्रपति हु जिन ताओ, भारतका प्रधानमन्त्री मनमोहन सिंह, रुसी राष्ट्रपति दिमित्री मेडभेदेव, पाकिस्तानका प्रधानमन्त्री युसुफरजा गिलानी, थाइल्यान्डका प्रधानमन्त्री यिनलक सिनावात्रा लगायत अष्ट्रेलिया जापान इन्डोनेसिया प्रुान्स लगायतका देशका प्रतिनिधीहरु छन् । यसै क्रममा सउल न्युक्लिएर सेक्युरिटी समिटका लागि ३ दिने भ्रमणमा आएका अमेरिकी राष्ट्रपति बाराक ओबामाले भ्रमणको शुरु मै दुई कोरिया विभाजन गर्ने गैर सैनिक क्षेत्रको भ्रमण गर्नु भएको छ । भ्रमणका क्रममा उहांले दक्षिण कोरिया तर्फको निरिक्षण पोष्टमा पुगेर त्यहां रहेका अमेरिकी सेनासंग भेट गर्नु भयो । अमेरिकी सेनासंगको भेटमा ओबामाले अमेरिकी सेनाले “स्वतन्त्रताको सीमा” रक्षा गरिरहेको भन्दै उनीहरुको सराहना गर्नु भयो । सन् १९५३ मा कोरिया युद्धको अन्त्य पछि कोरियाली प्रायद्धिपलाई विभाजन गर्ने गैर सैनिक क्षेत्रमा ओबामाको यो पहिलो भ्रमण हो । सम्मेलनमा आपराधिक र लडाकु समुहहरुलाई परमाणु हतियार पाउनबाट कसरी रोक्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित रहने बताइएको छ । सम्मेलनमा प्योङयाङको परमाणु कार्यक्रम आधिकारीक एजेण्डामा नभए पनि द्धिपक्षित वार्ताहरुमा भने यो विषयले प्राथमिकता पाउने अनुमान गरिएको छ । उत्तर कोरियाले रकेट परिक्षणको बहानामा मिसायल परिक्षण गर्न लागेको भन्दै अमेरिकाले चिन्ता जनाइरहेको छ । तर प्योङयाङले स्याटलाइट अन्तरिक्षमा स्थापित गर्न रकेट परिक्षण गरिन लागेको बताएको छ । उत्तर कोरियाले आफ्नो कामलाई सार्वभौम र कानूनी अधिकार भएको बताएको छ । रकेट परिक्षणको कार्य पूर्ण रुपमा अन्तिम चरणमा प्रवेश गरेको समेत जनाएको छ । सउल सेक्युरिटी समिटलाई आफ्नो आणविक गतिविधिमा दबाब दिने प्रयास रहेको आरोप उत्तर कोरियाले लगाएको छ । यदि सउल समिटले उत्तर कोरियाको रकेट परिक्षणको योजना सम्बन्धमा कुनै आलोचना गरेमा यसलाई युद्धको घोषणाको रुपमा उसले लिनेछ । र कसैले नसोचेको अकल्पनिय स्थितिको सामना गर्नुपर्ने चेतावनी दिएको छ । सम्मेलन पश्चात अमेरिकी राष्ट्रपती ओबामा र दक्षिण कोरियाली राष्ट्रपती लि म्युन बाकले संयूक्तरुपमा पत्रकार सम्मेलन गर्ने बुझिएको छ । cnn
No comments:
Post a Comment