चुम्बनप्रेमीहरुका लागि खुसीको खबर छ । अब उनीहरु चुम्बनमै लीन हुन पाउने भएका छन् । विज्ञानले दिनानुदिन नयाँ-नयाँ आविष्कार गरिरहेको छ । यसै क्रममा अस्टे्रलियाका वैज्ञानिकले चुम्बन मेसिन पनि बनाउन भ्याएका छन् । प्रकृतिलाई नै चुनौती दिने दाबी गरिएको यो मेसिन प्रयोग गर्नेले अनलाइनमार्फत नै आफ्नो प्रेमी-प्रेमीकालाई चुम्बन गरेको महसुस गर्न सक्छ ।
चुम्बन मेसिन इलेक्ट्रो कम्युनिकेसन्स युनिभसर्िटीको काजिमोतो ल्याब्रोटरीले लामो अनुसन्धानपछि तयार गरेको हो । चुम्बन मेसिनमा सन्दुकची नामको हार्डवेयर छ त्यसलाई मुखमा राख्नुपर्छ । त्यसपछि मेसिनको सफ्टवेयरले जिब्रोको गतिशीत भावलाई डिभाइसको माध्यमबाट साचालन गर्छ । यसले जिब्रोलाई वास्तविक चुम्बनकै आभास गराउँछ । सिड्नी मर्निङ हेराल्डमा प्रकाशित रिपोर्टअनुसार यो मेसिनले वास्तविक चुम्बनको महसुस गराउँछन् । चुम्बन मेसिन बजारमा आएपछि आफूभन्दा टाढा रहेका प्रेमीलाई पनि मेसिनको माध्यमले चुम्बन गर्न सकिन्छ । यो मेसिन कलाकारलाई अझ उपयोगी हुने बताइएको छ । फिल्म स्टारले आफ्ना फ्यानलाई चुम्बन मेसिनको माध्यमबाट माया साट्न सक्छन् । आफ्नो किस रेकर्ड गरेर अरुलाई पठाउन पनि मिल्ने बताइएको छ ।

No comments:
Post a Comment