Wednesday, 11 April 2012

के तपाईं लाई थाहा छ Faceebook का मालिक को बानी



                       विश्वचर्चित सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्कजुकर बर्गको अचम्मको बानी छ । उनी मासु खाने जनावर आफैं मार्छन् । यसरी दैनिक एक जीवको हत्या हुन्छ ।
२७ वर्षे यी करोडपतिलाई उद्धृ्रत गर्दै अमेरिकी पत्रिका 'फच्र्युन'ले भनेको छ, 'हरेक दिन पोषण खाना रुचाउने भएकाले कुनै न कुनै जनावरको मासु चाहिन्छ ।' उनी खानका लागि संघर्ष गर्नुपर्छ भन्ने मान्यताका पनि पक्षपाती छन्, कुनै चिज प्राप्त गर्नका लागि कुनै कठिनाइ झेल्नु मार्कको मान्यता छ । जुन जनावर खाने इच्छा गर्छन् त्यो ल्याउँछन् र कसाईलाई चोक्टा बनाउन लगाउँछन् । आफूलाई बढी भएको मासु प्रेमिकालाई पठाउँछन् । उनले यो कुरा फेसबुकमा पनि राखेका छन् । उनको दाबी छ, 'यो वर्ष त साकाहारी भइसकेँ, किनकि अब त आफूले खानेबाहेक अरू जनावर मार्दिनँ ।'   

No comments: