Tuesday, 24 April 2012

मुन्नी बन्दै करिना


पति अर्बाज खानले निर्माण गरेको फिल्म दबङमा मुन्नी बदनाम हुई बोलको गीतमा आइटम नृत्य गरेर चर्चामा आएकी नायिका मलाइका अरोरा खान फिल्मको सिक्वेल दबङ २ मा भने आइटम गीतमा नृत्य गर्नबाट बंचित भएकी छन्। 

     मलाइकाको स्थानमा बेबो नायिका करिना कपुरलाई अनुबन्धित गरिएको छ। 'करिना कपुर राम्रो अभिनेत्री हुन् फिल्मका लागि कुरो भइसकेको छ। फिल्मको सुटिङ र गीतको रेकर्ड नभएर मात्र काम अघि बढ्न सकेको छैन।’ अरवाजले भारतीय साचारमाध्यमसित भनेका छन्। यसअघि करिनाले शाहरुख खानको फिल्म डनमा आइटम डान्स गरिसकेकी छन्। दबङमा जस्तै दबङ २ मा पनि सलमान खान र सोनाक्षी सिन्हाले नै प्रम’ख भुमिकामा अभिनय गर्नेछन् भने पहिलो फिल्ममा रहेका सोनु सुद सिक्वेलमा देखिने छैनन्। यो फिल्मलाई अरवाजले नै निर्देशन गर्दैछन्।





No comments: